नेपालमा नसर्ने रोगहरु प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेका छन्। विश्व स्वास्थ्य संगठन नेपालको प्रतिवेदन २०१४ अनुसार नेपालमा हुने कूल मृत्युमध्ये ६० प्रतिशत मृत्यु नसर्ने रोगहरु जस्तैः– मुटु तथा नशा रोग (Cardio Vascular Diseases) मधुमेह (Diabetes Mellitis), क्यान्सर (Cancer) तथा दीर्घप्रकृतिका श्वासप्रश्वास रोगहरु (Chronic Obstructive Pulmonary Diseases) वाट हुने गरेको उल्लेख छ। सम्पूर्ण नेपाली जनताहरुमा उच्चतम स्वास्थ्य र गुणस्तरीय जीवनको प्रत्याभूति दिलाउन र नसर्ने रोगहरुको वृद्धि दरमा कमी ल्याउन, यसवाट हुने अपाङ्गता दर न्यूनीकरण गर्न र अकाल मृत्युवाट वचाउन संतुलित तथा स्वस्थ्यकर आहार, शारीरिक सक्रियता, मोटोपना र अधिकतौल नियन्त्रण,सुर्ती सेवनमा रोक तथा मदिरा सेवन प्रवृतीमा नियन्त्रण, स्वस्थ्यकर वातावरण अभिवृद्धि आदि जस्ता क्रियाकलापहरुमा विशेष जोड दिन आवश्यक रहेको देखिन्छ।
उद्देश्य
नसर्ने रोगहरुको रोकथाम गर्न शुरुकै अवस्थामा पहिचान, उपचार व्यवस्थापन तथा प्रेषण गर्न र सोको लागि वहुक्षेत्रीय प्रतिवद्धता, सहकार्य, राष्ट्रिय क्षमता, नेतृत्व र सुशासनलाई मजवूत गर्दै स्वास्थ्य प्रवर्धनमुखी वातावरणको सृजना गरी नसर्ने रोगहरुको जोखिमका कारक तत्वहरुको न्यूनीकरण गर्न आवश्यक देखिन्छ। साथै स्थानीय तहदेखी नै स्वास्थ्य प्रणालीलाई थप सशक्त वनाउन र नसर्ने रोगहरुको निर्धारक तत्वहरुको अनुगमन र ती रोगहरुको रोकथाम र नियन्त्रण कार्यको नियमित प्रगती मूल्याङकन गर्नुपर्ने हुन्छ।
नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागी “Package Of Essential Non-communicable Diseases (PEN)” कार्यक्रम संचालन गरिने जिल्लाहरुः
स्वास्थ्यमा विद्यमान कार्यक्रमहरु:
नेपाल सरकारले कर कोष कार्यक्रम अन्तर्गत जिल्लाहरुमा उपलब्ध गराउदै आएको बजेटबाट सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन र नियमावलीको प्रभावयकारी कार्यान्वयन गराउन सकेमा पनि रोग लाग्न RISK निकै कम हुन्छ।
आर्थिक वर्ष २०७३/०७४ देखी शुरु हुने पेन प्याकेज (PEN PACKAGE) कार्यक्रम कैलाली र ईलाम दुई जिल्लालाई पाइलट जिल्लाको रुपमा छनौट गरी कार्यक्रम कार्यान्वयन गरिनेछ र उक्त जिल्लाहरुलाई निरन्तरता दिदै आगामी आ.व. देखि थप जिल्लाहरुमा समेत नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि कार्यक्रम विस्तार गरिनेछ।
अन्य कुराहरु
नेपाल सरकारले Adapt गरेको विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको पेन प्रोटोकल (PEN PROTOCOL) लाई आधार वनाई कार्यक्रम संचालन गरिने छ।